नेकपा एमाले चितवन काठमाडौं सम्पर्क मञ्चको आयोजनामा च्यासल ललितपुरमा रक्तदान कार्यक्रम



हाम्रो इकोनोमि

 

डेङ्गुको कारण देशमा सिर्जित हुनसक्ने रगत अभावको जोखिमलाई
न्यूनिकरण गर्न सबैले आफ्नो तह र तप्काबाट रक्तदान कार्यक्रम गर्नुपर्ने र पार्टिले
समेत देशमा हुनसक्ने रगत अभावलाई गम्भिर रुपमा लिन सकोस भन्ने हेतुले पार्टि
कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको चितवन काठमाडौं सम्पर्क
मञ्चका अध्यक्ष रामचन्द्र कडेलले बताउनु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी
सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले महत्वपूर्ण समयमा
राम्रो कार्य गर्नु भएको हुँदा सिङ्गो सम्पर्क मञ्च टिमलाई धन्यवाद दिनु भएको
थियो ।
रक्त्तदान जिवनदान भन्दै प्रमुख अतिथीले कार्यक्रमको सुरुवात गर्नू भएको
थियो भने कार्यक्रममा सम्पर्क समन्वय कमिटि संयोजक श्याम कुमार बस्नेत
सल्लाहकार समिति सदस्य रामहरी सिलवाल बागमति प्रदेश सम्पर्क कमिटिका
सदस्य धर्मराज पौडेल सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र कडेल  सचिव
कृष्ण प्रसाद पौडेल सह सचिव प्रकाश पाठक लगायत ३४ जनाले रक्तदान
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...