गठबन्धन सरकारविरुद्ध अनसन बस्दै गोबिन्द केसी



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले गठबन्धन सरकारविरुद्ध अनसन थाल्ने भएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको गठबन्धन सरकारले जनस्वास्थ्यमा ध्यान नदिएको भन्दै केसी अनसन बस्न लागेका हुन् ।

आमरण अनसन बस्नका लागि उनी प्रधानमन्त्री देउवाको गृहप्रदेशस्थित कैलालीको धनगढीतिर लागेका छन् । धनगढी प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले चुनाव लडेको क्षेत्र पनि हो । डा. केसीले ६ बुँदे माग राख्दै देउवा सरकारलाई अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २०औं अनशन शुरू गर्ने तयारी गरेका छन् । सोमबार साँझ ५ बजेदेखि केसी धनगढीमा अनसन बस्दैछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...