जनताको प्रश्न बालेन मेयर हो कि डन ?



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए ।

आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् । त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो ।

बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए ।

‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’ बालेन प्रश्न गरे । ‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे ।

बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए । ‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने । शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।

बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?’ ‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए ।

त्यसपछि बालेन एकाएक जंगिए । ‘तपाईंको घरको नक्शा मसित हुनुपर्छ ?’ उनले उँचो स्वरमा भने । ‘अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...