प्रदेश १ र वागमतीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएकोमा तीनजनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित तीनैजना हाल होम आइसोलेसनमा छन् ।

त्यस्तै, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना देखिएपछि उनी आराममा रहेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिए । खनालका अनुसार तीन दिनअघि पाण्डेलाई संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...