प्रदेश १ र वागमतीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएकोमा तीनजनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित तीनैजना हाल होम आइसोलेसनमा छन् ।

त्यस्तै, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना देखिएपछि उनी आराममा रहेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिए । खनालका अनुसार तीन दिनअघि पाण्डेलाई संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...