एकाबिहानै मापसेमा स्कुलका बसचालकहरु



हाम्रो इकोनोमि

 

 

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक निगरानी बढाइएको छ । साउनको पहिलो साताबाट थालिएको ट्राफिकको यो अभियानमा केही चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनको पहिलो आइतबार विद्यार्थी बोकेका बसमा चेकजाँच गर्दा पाँचजना चालक मापसेमा परे । यो क्रम हिजो पनि जारी रह्यो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो १६ वटा बस कारबाहीमा परेका छन् । तीमध्‍ये ५ वटा बसका चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरेको भेटियो । कारबाहीमा परेका चालकहरूले भने राति मापसे गरेको बताएका छन् । अबेर रातसम्म मापसे गर्दा बिहान पनी परीक्षणमा देखिएको ट्राफिक अधिकारीको भनाइ छ ।

प्राय: बिहानको समयमा ट्राफिक कार्यालयले मापसे जाँच गर्ने गरेको थिएन । साँझ भने दिनहुँजसो ट्राफिक टोली चोकचोकमा मापसे चेकजाँचमा खटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...