एकाबिहानै मापसेमा स्कुलका बसचालकहरु



हाम्रो इकोनोमि

 

 

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक निगरानी बढाइएको छ । साउनको पहिलो साताबाट थालिएको ट्राफिकको यो अभियानमा केही चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनको पहिलो आइतबार विद्यार्थी बोकेका बसमा चेकजाँच गर्दा पाँचजना चालक मापसेमा परे । यो क्रम हिजो पनि जारी रह्यो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो १६ वटा बस कारबाहीमा परेका छन् । तीमध्‍ये ५ वटा बसका चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरेको भेटियो । कारबाहीमा परेका चालकहरूले भने राति मापसे गरेको बताएका छन् । अबेर रातसम्म मापसे गर्दा बिहान पनी परीक्षणमा देखिएको ट्राफिक अधिकारीको भनाइ छ ।

प्राय: बिहानको समयमा ट्राफिक कार्यालयले मापसे जाँच गर्ने गरेको थिएन । साँझ भने दिनहुँजसो ट्राफिक टोली चोकचोकमा मापसे चेकजाँचमा खटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...