लोग्नेलाई बेस्या भन्दै श्रीमतीले दलिन् कालोमोसो



हाम्रो इकोनोमि

 

 

आफूलाई पत्रकार दावी गर्ने दिनेश कार्की त्यही चौरमा चिया पिएर बसेका हुन्छन् । एक जना महिला आउँछिन् र ती कार्कीको मुखमा कालोमोसो दल्दै चिच्याउँदै भन्छिन्, तँ मसँग बिहे गरेर अरु केटी खेलाउँदै हिड्ने ? परस्त्रीसँगको सम्बन्ध के हो ? भन्दै ती सुरक्षा शर्माले (नाम परिवर्तन) कार्कीको मुखभरि कालोमोसो दल्दिन्छन् । एकछिन त्यहाँको शान्त वातावरण नै खल्बलिन्छ र वरिपरिका चिया पसलमा बसेका मान्छेहरु जम्मा हुन्छन् ।

सुरक्षा शर्माले ती कार्कीसँग तीन वर्षअघि विहे गरेकी थिइन् । पीडित महिलाका अनुसार विहे भएदेखि अहिलेसम्म सुरुवातका केही दिनबाहेक श्रीमतीसँग कहिल्यै बसेनन् । कहिलेकाँही राती आउने अनाहकमै झगडा गर्ने, पिट्न तम्सिने, श्रीमतीसँगको सम्बन्धको कुनै व्यवहार नदेखाउने उल्टै शारिरिक एवं मानसिक तनाव दिने र केटीहरुसँग घण्टौ फोनमा झुम्मिने, ट्वाइलेट गएर अनौठो आवाज निकालेर घण्टौ बस्ने, तँ भन्दा राम्रीसँग शारिरिक सम्बन्ध राखेर आएँ भन्दै फोटो देखाएर प्रताडित गर्ने काम श्रीमानबाट हुँदै आएको ती पीडित महिलाले गुनासो गरिन् । यी सबै व्यवहारबाट आजित भएर कालोमोसो दल्न बाध्य भएको उनकी श्रीमतीले भनिन् ।

श्रीमान्को यी सबै हर्कत सहन नसकेर त्यो मंगलबार साँझको सिमसिम पानी परिरहेकै बेला ती कार्कीकी श्रीमतिले कालोमोसो दल्दै तँ पुरुषबे*स्या अब लुक्न पाउन्नस् ठुलोठूलो स्वरमा कराउन थाल्छन् । कार्कीले हातपात गर्न खोज्दा आवेगमा आएर श्रीमतीले हेल्मेटै हेल्मेटले हान्छिन् ।

चौरमा रहेका अरु मान्छेहरु पानी झमझम पानीमै भएपनि आएर के हो के हो भनेर सोध्छन् । सबै परिस्थिति बुझेपछि कार्कीलाई सबैले गाली गर्छन्, सम्झाउँछन् । तै पनि कार्की उल्टै मेरो व्यक्तिगत विषयमा तपाईहरुलाई के मतलव भन्दै झोक्किएर सबैलाई हर्काछन् ।

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य निर्मला गौतम ति पिडित (सुरक्षा शर्मा)लाई न्याय दिलाउनकाे लागि त्यहीँ ठाउमा पुगेकी हुन्छिन्।

करिव आधा घण्टाको त्यो रस्साकस्सीपछि विद्यार्थी नेतृ गौतम र (सुरक्षा शर्मा)  टेकुस्थित महानगरीय प्रहरी परिसरमा गएर कार्कीले अनैतिक सम्बन्ध राख्दै आएकी महिलासँग आइन्दा कुनै सम्बन्ध नराख्ने र फोन, म्यासेज, सामाजिक सञ्जालमा मायाप्रेमबारे नलेख्ने, कार्कीले अनैतिक व्यवहार नदोहोर्याउने र श्रीमतीसँगै बस्ने सहमति गरी परिसरले छोडिदिएको थियो ।

यो बिषयमा कार्कीसँग बुझ्न खाेज्दा उनले झाेक्किदै भने, “जे भएपनि तपाइलाइ के मतलव ?” उनले थपे, “त्याे भिडियाे र फाेटाे भएर तपाइ के गर्नुहुन्छ ?”

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...