भदौ १ गतेबाट बञ्चरेडाँडामा फोहोर खन्याउन नदिने स्थानीयको घोषणा



हाम्रो इकोनोमि

 

 

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन नदिने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको हो । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप पत्रकार सम्मेलनमा लगाइयो । समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ ।’ ३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने उनले घोषणा गरे । सरकार र महानगरपालिकाले पटकपटक आफूहरूसँग सहमति गरेर धोका दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...