भदौ १ गतेबाट बञ्चरेडाँडामा फोहोर खन्याउन नदिने स्थानीयको घोषणा



हाम्रो इकोनोमि

 

 

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन नदिने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको हो । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप पत्रकार सम्मेलनमा लगाइयो । समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ ।’ ३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने उनले घोषणा गरे । सरकार र महानगरपालिकाले पटकपटक आफूहरूसँग सहमति गरेर धोका दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...