मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल सरकार जनस्वास्थ्यका विषयमा गम्भीर नबनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले २०२२ को मेमा बेलायतमा देखिएको मंकिपक्स अमेरिका, यूरोप, अफ्रिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगिसक्दा सरकारले कुनै ध्यान नदिएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसक्यो,’ भट्टराईले भने, ‘जुन खालको लक्षण देखिँदैछ, त्यसले हायलकायल बनाइरहेको देखिन्छ । दुर्भाग्यवस नेपाल सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन । सरकार सुतेको छ । खुल्ला सिमाना छ, हामी यसबाट टाढा छैनौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु ।’ यस्तै राजधानीमा फैलिएको हैजाका विषयमा पनि सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘बिहानसम्मको डाटामा काठमाडौं उपत्यकामा ३४ जना हैजाका केस भेटिएका छन् । हैजा महामारी हो,’ उनले भने,‘विश्व स्वास्थ्य संगठनले एकजना मात्रै देखिएपनि स्थानीय महामारी भनेको छ । ३४ देखिनु भनेको समुदायमा फैलिएको पुष्टि हुन्छ ।’ यस विषयमा पनि अहिलेसम्म सरकारको ध्यान नजानु गैरजिम्मेवारीपन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...