मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल सरकार जनस्वास्थ्यका विषयमा गम्भीर नबनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले २०२२ को मेमा बेलायतमा देखिएको मंकिपक्स अमेरिका, यूरोप, अफ्रिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगिसक्दा सरकारले कुनै ध्यान नदिएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसक्यो,’ भट्टराईले भने, ‘जुन खालको लक्षण देखिँदैछ, त्यसले हायलकायल बनाइरहेको देखिन्छ । दुर्भाग्यवस नेपाल सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन । सरकार सुतेको छ । खुल्ला सिमाना छ, हामी यसबाट टाढा छैनौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु ।’ यस्तै राजधानीमा फैलिएको हैजाका विषयमा पनि सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘बिहानसम्मको डाटामा काठमाडौं उपत्यकामा ३४ जना हैजाका केस भेटिएका छन् । हैजा महामारी हो,’ उनले भने,‘विश्व स्वास्थ्य संगठनले एकजना मात्रै देखिएपनि स्थानीय महामारी भनेको छ । ३४ देखिनु भनेको समुदायमा फैलिएको पुष्टि हुन्छ ।’ यस विषयमा पनि अहिलेसम्म सरकारको ध्यान नजानु गैरजिम्मेवारीपन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...