यती एअरलाइन्सले पहिलोपटक इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्दै



हाम्रो इकोनोमि

 

 

आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको बताउँदै एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो, “अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ । इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ । हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ ।”

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ । यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परिक्षण भइरहेको र परीक्षणपछि यती एअरलाईन्सको सम्पूर्ण बायुयानहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...