यती एअरलाइन्सले पहिलोपटक इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्दै



हाम्रो इकोनोमि

 

 

आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको बताउँदै एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो, “अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ । इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ । हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ ।”

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ । यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परिक्षण भइरहेको र परीक्षणपछि यती एअरलाईन्सको सम्पूर्ण बायुयानहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...