मन्त्री आलेद्धारा विभिन्न पूर्वाधार निर्माण आयोजनाको शिलान्यास



हाम्रो इकोनोमि

 

 

 

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डोटीको जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गर्नु भएको छ । उक्त आयोजनाको एक कार्यक्रमकाबीच उहाँले शिलान्यास गर्नु भएको हो । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजना अन्तरगत रु नौँ करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा होमस्टे, छहरा झरना स्थलमा शिव जीको मुर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने सडक निर्माण, छहरा झरना जाने सडक स्तरोन्नति, सेल्फी प्वाइन्ट लगाएतका पुर्वाधार एकीकृत रुपमा निर्माण गरिने बताइएको छ ।

उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री आलेले स्थानीय जनताले आफ्नो ठाउँ कस्तो बनाउने भनेर चासो र चिन्ता लिन आग्रह गर्दै बजेट व्यवस्था गर्ने जिम्मेवारी आफ्नो रहने प्रतिवद्धता बताउनुभयो । छिटफुट रुपमा पर्यटकको रोजाइ र गन्तव्य बनेको भए पनि कोरोना कहरले थन्किएको र थलिएको समयमा गत वर्ष मात्रै छहरा झरनामा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए । धार्मिक तथा पर्यटकीय क्षेत्र छहरा झरना हेर्न विशेष गरेर कैलाली, कञ्चनपुर, सहित पुर्वी नेपालका जिल्लाहरु र छिमेकी मूलुक भारतबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी शंकर रावलले जानकारी दिनुभयो ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको पहलमा डोटीको बडीकेदार, शैलेश्वरी लगाएत खप्तड–मानसरोबर सम्मको विकासका लागि र देशका थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रमा मन्त्री आलेको ठुलो योगदान रहेको पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताउनुभयो । आयोजना शिलान्यास कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घराज बोगटी, जोरायल गाउपालिका–२ का वडाअध्यक्ष वीरबहादुर दर्लामी, विभिन्न सरोकारवालाहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...