अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट, उपाध्यक्षसहित नौ जना निलम्बित



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ ।

हिजो आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो । संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको बताइएको छ ।

अखिल क्रान्तिकारीको हिजो आइतबार बसेको बैठकमा विद्यार्थी नेताहरूबीच कुटाकुट भएको थियो । तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

संगठनभित्र समानान्तर कमिटी चलाएको आरोपमा यसअघि पनि कार्कीलाई कारवाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...