त्रिभुवन विमानस्थलमा गरियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास



हाम्रो इकोनोमि

 

 

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
सो क्रममा नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गर्नु भएको थियो । जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्व अभ्यासले एक छिन त साच्चिकै दुर्घटना भयो कि भन्ने भान समेत परेको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...