जनार्दन शर्मा अर्थमन्त्री पदमा बस्न नैतिक रुपमा मिल्दैन : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेले करका दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह गरेको छ । तर, सभामुखले एमालेकाे मागबारे आफ्नाे ध्यानाकर्षण भएकाे बताएपछि शर्तसहित सदनकाे कारबाही अगाडि बढेकाे छ ।

प्रतिनिधिसभाको मंगलबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेका थिए । एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताए ।

पाण्डेले स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रस्ट जवाफ माग गरेका छन् । पाण्डेले धेरै गम्भीर प्रश्न उठेकाले अर्थमन्त्री पदमा बस्न लायक नरहेको भन्दै संसदलाई जवाफ नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए ।

उनले यो विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण हुनुपर्ने बताए । संसदले छानबिन गर्नुपर्ने भन्दै पाण्डेले अर्थमन्त्रीले नैतिक हिसाबले मन्त्रालयमा बस्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...