मन्त्री आले र स्पेन राजदूत डोमिनगेजुबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया ¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको दुइ पक्षियत सम्बन्ध तथा संस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको हो । उक्त भेटवार्ता तथा छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकहरुलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमश्रङ्खला अवलोकनका लागि आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा कोरोना सङ्क्रमण दर करिब करिब अन्त भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।”

सोही क्रममा मन्त्री आलेले जलवायू परिवर्तनका विषयमा स्पनेले लिएको नेतृत्व स्वागत योग्य रहेको बताउनुभयो । यसैगरी मन्त्री आलेले मन्त्री आलेले नेपालले हालै आइकाओ सेफ्टी अडिटमा नेपालले गरेको उल्लेखनिय प्रगतिका बारेमा राजदूत डोमिनगेज जानकारी गराउनुभयो । सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नु हुँदै नेपाललाई कोभिड १९ का बखत तथा महाभुकम्पका बखत संयुक्त राष्ट्र संघमा सहयोगका लागि लिएको कदमका लागि स्पनेले गरेको सहयोगका लागि धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सोही छलफल तथा भेटवार्ताका क्रममा स्पेनका राजदुतले नेपाल र स्पेन बीच सुमधुर सम्बन्ध रहेको साथै सांस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“ नेपाल–स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका कामहरु सहयोग गर्न तयार रहेका छौँ ।” यसैगरी राजदुतले वातावरण तथा जलवायु जस्तो महत्वपूर्ण विषयमा स्पेन सम्वेदनशिल रहेको र सो सम्बन्धि सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आले समक्ष जानकारी समेत गराउनुभयो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...