मन्त्री आले र स्पेन राजदूत डोमिनगेजुबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया ¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको दुइ पक्षियत सम्बन्ध तथा संस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको हो । उक्त भेटवार्ता तथा छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकहरुलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमश्रङ्खला अवलोकनका लागि आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा कोरोना सङ्क्रमण दर करिब करिब अन्त भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।”

सोही क्रममा मन्त्री आलेले जलवायू परिवर्तनका विषयमा स्पनेले लिएको नेतृत्व स्वागत योग्य रहेको बताउनुभयो । यसैगरी मन्त्री आलेले मन्त्री आलेले नेपालले हालै आइकाओ सेफ्टी अडिटमा नेपालले गरेको उल्लेखनिय प्रगतिका बारेमा राजदूत डोमिनगेज जानकारी गराउनुभयो । सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नु हुँदै नेपाललाई कोभिड १९ का बखत तथा महाभुकम्पका बखत संयुक्त राष्ट्र संघमा सहयोगका लागि लिएको कदमका लागि स्पनेले गरेको सहयोगका लागि धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सोही छलफल तथा भेटवार्ताका क्रममा स्पेनका राजदुतले नेपाल र स्पेन बीच सुमधुर सम्बन्ध रहेको साथै सांस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“ नेपाल–स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका कामहरु सहयोग गर्न तयार रहेका छौँ ।” यसैगरी राजदुतले वातावरण तथा जलवायु जस्तो महत्वपूर्ण विषयमा स्पेन सम्वेदनशिल रहेको र सो सम्बन्धि सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आले समक्ष जानकारी समेत गराउनुभयो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...