काठमाडौंको फोहोर उठाउने १८ बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे ।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन । दुई पक्षबीच भएकाे सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा गर्ने सहमति भएकाे छ ।

साथै, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो । तर उक्त सहमतिमा बञ्चरे डाडाका स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथी अबरोध भएको थियो ।

 

यस्तो  छ  सहमतिपत्र

 

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...