काठमाडौंको फोहोर उठाउने १८ बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे ।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन । दुई पक्षबीच भएकाे सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा गर्ने सहमति भएकाे छ ।

साथै, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो । तर उक्त सहमतिमा बञ्चरे डाडाका स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथी अबरोध भएको थियो ।

 

यस्तो  छ  सहमतिपत्र

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...