पशुपतिको अतिक्रमण गरीएका जग्गा सबै फिर्ता ल्याउछौँ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गाहरु फिर्ता ल्याइने बताउनु भएको छ । भुकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरुपा मन्दिर तथा सतलको आज पुनः निर्माणको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहराहरु भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी सम्पति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।”
सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले राणा प्रधानमन्त्री जङगबहादुर राणका पालमा निर्माण भएको विश्वरुप मन्दिर बिसं २०७२ सालको भुकम्पकका कारण भत्किएकाले अब यो मन्दिर चाडै पुनः निर्माण हुने बताउनुभयो । अरु भन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनः निर्माण भए यहाँ थुप्रै धार्मिक तथा पर्यटकहरु भित्रिने हुँदा यो मन्दिरको चाडो निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो । पशुपति क्षेत्र विकास कोषले मन्दिर र सतलको पुनः निर्माण गर्न सुरुवात गरेकाले मन्दिर पुनः निर्माण भएपछि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुले भरिभराउ हुनेमा आफु विश्वस्थ रहेको समेत मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “चार धाम मध्य पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनः निर्माण भए भक्तजन तथा पर्यटकहरु थप भित्रनिे छन् ।”

४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर शिलान्यास कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले विश्वरुपा मन्दिर र वरिपरिका सतलहरु विश्वकै कामकलाको उत्कृष्ट नमुना भएको जिकिर गर्नुभयो । पशुपति क्षेत्रका विश्वरुपा, गौरीघाट लगायतका ठाउँहरु दर्शन गरी धार्मिक पर्यटनको आनन्द लिने ठाउँ रहेको बताउनु हुँदै मन्त्री आलेले थप भन्नुभयो, “ढिलै भएपनि विश्वरुपा मन्दिर पुनः निर्माणले देशको धार्मिक पर्यटनमा एक इट्टा थप्ने कार्य भएको छ, जो आफैमा उत्कृष्ट कार्य हो ।”

आगामी दुईवर्षभित्रमा विश्वरुपमा मन्दिरको पुनः निर्माणको काम सक्ने गरी ठेक्का लिएको निर्माण कम्पनीलाई गुण्स्तरीय काम गरी मन्दिर निर्माण गर्न मन्त्री आलेले शुभकामना समेत व्यक्त गर्नुभयो । एक फरक प्रसङगमा बोल्नु हुँदै मन्त्री आलेले पार्टीकै केही व्यक्तिहरुले आफूविरुद्ध मिडियामा अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, “आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा दुइ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेकोले अरु साथीहरु लाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको थिए तर केही साथीहरुले गलत प्रचार गर्नुभयो, आलेले धेरै चलखेल ग¥यो भनेर अन्तर्वार्ता दिए मेरो आपत्ति छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने बचन बद्धता व्यक्त गर्नुभयो । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले उक्त कार्यक्रममा जानकारी दिनुभयो । क्रियापुत्री बस्ने ठाउँमा चाडै नै तातो, चिसोपानीको व्यवस्थापन हुने उहाँको दाबी छ । यसैगरी पशुपति मन्दिर क्षेत्रमा रहेको पानी शुद्ध पारी पिउन र नुहाउन मिल्ने खालको बनाउन समेत कोषका पदाधिकारीलाई आग्रह गर्नुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...