निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन



हाम्रो इकोनोमि

 

 

निजगढ अन्त्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य रोक्ने सर्वाेच्च अदालतको आदेशलाई संसदीय समितिले काउन्टर दिएको छ । संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएर अदालतलाई काउन्टर दिएको हो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको हो । समितिको आज बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो ।

सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले तत्काल निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो । समिति सभापति पवित्रा निरौला खरेलले नेपालको अर्थतन्त्रलाई सबल बनाउने भएकाले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताउनु भयो ।

‘राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित देखिन्न,’ सभापति खरेलले भन्नुभयो, ‘बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनका लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्छ ।’

समितिले अदालतको अनुचित आदेश आएको भन्दै सरकारलाई निर्देशन नै जारी गरेको हो । समितिले सरकारलाई दिएको निर्णयमा भनिएको छ, ‘अतः राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्नू ।’

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...