सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस



हाम्रो इकोनोमि

 

 

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीमाथि दुर्व्यवहार गर्दा उनी कार्यकक्षमै बेहोस भएका छन्। बेहोस कर्मचारीलाई काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षमा लगिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै निगमका कार्यरत वरिष्ठ सहायक देवराज ओझालाई कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दा कर्मचारी बेहोस भएका थिए।

आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले यसअघि ओझालाई कार्यकक्षमा थुनेका थिए। उनलाई थुनेको सूचना सञ्चार माध्यममा दिएको भन्दै पुन: कार्यकक्षमा बोलाइ धम्की दिएका हुन्।

 

devraj ojha.jpg
अस्पतालको आकस्मिक कक्षमा कर्मचारी ओझा।

 

त्यही विषयमा कार्यकारी अध्यक्ष अधिकारीले समाचार लेखाएको भन्दै जागिर खाइदिने भन्दै धम्की दिएपछि ओझा बेहोस भएका थिए। उनी यात्रु सेवा विभागमा कार्यरत छन्।  यसअघि पनि अधिकारीले नेपाल एयरलाइन्समा ओझालाई आफ्नो कार्यकक्षमा छलफल छ भनेर बोलाइ अभद्र व्यवहार गरेका थिए।

कर्मचारीहरूका अनुसार अधिकारीले ‌ओझालाई आफ्नो कार्यकक्षमा बोलाएर मोबाइल कब्जा गरी कोठा बन्द गरेर अपशब्द प्रयोग गरी धम्की दिएका थिए। जागिर खाइदिने तथा भविष्यमा कतै काम नलाग्ने बनाइदिने भन्दै उनले धम्की दिएका थिए।

जसको नेपाल वायुसेवा कर्मचारी संघले आपत्ति जनाउँदै विरोधसमेत गरेको थियो। संघले ओझालाई गरिएको अभद्र व्यवहारप्रति अधिकारीले माफी माग्नुपर्ने तथा सोधिएको स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...