स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन : व्यञ्जनकार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफू विरुद्ध जति दलको गठबन्धन भए पनि जनताको साथ पाएर जित्ने दाबी गरेका छन् ।

ललितपुर महानगरको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भनी यस पटक जनताले न्याय दिने बताए ।

उनले एमालेविरुद्धको गठबन्धनलाई सिंहकाविरुद्ध स्यालहरूको भीड भन्दै स्याल जति मिले पनि सिंहको शिकार गर्न नसक्ने बताए । उम्मेदवारी दर्तापछि उपमेयरकी उम्मेदवार मन्जली शाक्यले गठबन्धनलाई परास्त गर्न ललितपुरका जनताको साथ रहेको बताइन् ।

शाक्य अघिल्लो चुनावमा माओवादीबाट उपमेयरको उम्मेदवार बनेर अन्तिममा फिर्ता भएकी थिइन् ।अहिले उनी महानगरपालिका कमिटी एमालेको अध्यक्ष छिन् ।

उम्मेदवारी दर्ताअघि मेयर र उपमेयरका उम्मेदवारले शताब्दी पुरुष सत्यमोहन जोशी र ललितपुरका ज्येष्ठ कम्युनिस्ट सिद्धिलाल सिंह तथा स्नेतहलता श्रेष्ठलाई भेटेर आशीर्वाद लिएका थिए । उनीहरू बाजागाजा र जुलुससहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...