६,५०० मिटरको उचाइमा कन्सर्ट, राजु र दीयाले सगरमाथा आरोहण गर्ने



हाम्रो इकोनोमि

 

 

गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् । विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ । उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेकी हुन् ।

‘नेपाली हिमाल र हिमनदी पग्लिएका छन् । यो नेपालको मात्र मुद्दा होइन, यसमा विश्वकै ध्यान आकृष्ट हुनु जरुरी छ,’ गायक लामाले  भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटत प्रबर्द्धन गर्नु र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको हुँ ।’

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् । लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताए । मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताए । ‘उहाँहरुले मागेको सहयोग दिन सरकार तयार छ,’ मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला ।’

सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको समेत मन्त्री आलेले जनाए । बढीभन्दा बढी पर्यटकलाई नेपाल ल्याउन ओडीसी इन्टरटेनमेन्टसँग मिलेर बलिउड अभिनेता सलमान खानको कार्यक्रम गर्न लागिएको समेत मन्त्री आलेले बताए । कार्यक्रममा उपस्थित फिल्म निर्देशक मिलन चाम्स, पाइलट तथा अभिनेता विजय लामा, पर्वतारोही क्षेत्रका प्रतिनिधिले पनि लामा र पुनलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...