पशुपति धर्मसालामा होटल आनन्दसँगको सम्झौता रद्द, बतास समूहले पत्र बुझ्न मानेन



हाम्रो इकोनोमि

 

 

 

 

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द भएको जनाएको छ । पहिलो पक्ष पशुपति क्षेत्र विकास कोष र दोस्रो पक्ष होटेल आनन्द प्रालीकाबीचमा धर्मसाला होटेल सञ्चालनका विषयमा भएका सम्झौतामा लेखिएका बिभिन्न सर्तहरु होटेल आनन्द प्रालीले पालना नगरेको भन्दै उक्त सम्झौता रद्द भएको विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै विकास कोषले एक सार्वजनिक सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोष र होटेल आनन्द प्रालीबीच भएको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीहरु बुझाउन जाँदा होटेल आनन्द प्राली (बतास समूह) ले बुझन नमानेको पशुपति क्षेत्र विकास कोषका दस्य सचिव डा. मीलनकुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय ग¥यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा होटल आनन्द प्राली (बतास समूह) ले बुझन मानेन ।”

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारीक इमेलमा पत्र पठाईसकेको दाबी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मसाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको भएपनि अहिले सम्म पत्र बुझन नमानेको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मसाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...