होटल आनन्दसँगको सम्झौता खारेज, पशुपति धर्मशाला नै संचालनमा आउने



हाम्रो इकोनोमि

 

तिलगङ्गास्थित नेपाल भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास होटल आनन्दसँगको सम्झौता खारेज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार भैसकेको छ । होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनुपरेको दाबी मन्त्रालयको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजी गरेको छ ।

a

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...