मन्त्री आलेद्धारा डोटीका दुइ जना विरामीको उपचारका लागि आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुइ जना विरामीलाई उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेबी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय ईन्द्रबहादुर साउदको उपचारका लागि मन्त्री आलेले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

यहि फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनु भएकी कृष्णदेवीको अवस्था बुझन मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भइ उहाँको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गर्नु भएको हो । यसैगरी खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुग्नु भएका ४८ वर्षीय ईन्द्रबहादुर लाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नु पर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकहरुले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुबै जना बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिनु भएको र बिरामीको थप उपचारका लागि आफुले पहल गर्ने बचन बद्धता व्यक्त गर्नु भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

मन्त्री आलेले हाल सम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजार जना भन्दा बढी विरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सक्नु भएको छ । आफ्नो गृह जिल्ला डोटी तथा सुदूरपश्चिमका नागरिकहरु विरामी परि उपचारका लागि काठमाडौँ आउदा आर्थिक सहयोगका लागि मन्त्री आलेकै घरमा पुग्ने गरेको उहाँका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...