निजगढ विमानस्थल निर्माणको काम चाडै सुरु हुन्छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनु भएको छ । आज बुधबार बाराको निजगढमा रिपोर्टस कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने छौँ ।”

 

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल, नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य विभिन्न दलका र्सिसस्त नेता, मन्त्री सहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राबिधिक सहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाडै अगाडी बढाइने पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । सोही पत्रकार सम्मेलन मार्फत मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचन भन्दा अगाडी नै सुरु हुने समेत दाबी गर्नुभयो ।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा मन्त्री आलेले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाडै सुरुआत गर्ने छौँ ।” यसैगरी मन्त्री आलेले सरकारले जिटुजी, लगायत अन्य क्षेत्रबाट रकम लिएर भएपनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरुको पनि सहमती भएकाले यहाँ जसरी भएपनि विमानस्थल निर्माणको काम सुरु हुने मन्त्री आलेको बिश्वास गर्नुभयो ।

 

“प्रेम आले काम गर्न आएको मन्त्री हो, कुर्सीमा बस्न आएको होइन, वर्षौदेखि रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गर्नेदेखि रोयल्टी तिर्न लगाएको छु” उहाँले थप भन्नुभयो, “बिस्वास गर्नुस म निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु ।” काठमाडौँ पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले सम्मानियन प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले हाम्रो गुरु योजना तयार भएको र अब चाडै काम सुरु हुने मन्त्री आलेले दाबी गर्नुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुर्नस्थापना गर्नु पर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थान्तरणको काम चाडै सम्पन्न गरिनु पर्ने स्थानीयवासीको माग रहेको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...