‘क्रान्तियोद्धा’ पाठकको निधनमा श्रद्धाञ्जली



हाम्रो इकोनोमि

 

 

पुराना राजनीतिज्ञ, क्रान्तियोद्धा तथा वरिष्ठ कानून व्यवसायी प्रेमकृष्ण पाठकको निधनप्रति विभिन्न पार्टीका नेता र सामाजिक क्षेत्रका अगुवाले दुःख व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद्, अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको गणतान्त्रिक आन्दोलनका यथक योद्धा, पार्टीका नेता तथा आफ्ना अशल मित्र पाठकको दुःखद् निधनबाट राजनीतिक आन्दोलन र पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गर्नुभएको छ । काठमाडौँको पुरानो वानेश्वर निवासी पाठकको गत माघ २३ गते ८२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।

डा. भट्टराईले दिवंगत पाठकले देखाएको बाटोमा निरन्तर लागिरहन प्रण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सोही पार्टीका वरिष्ठ नेता अशोककुमार राईले क्रान्ति, देश र जनताका लागि पाठकले विसं। २००७ सालदेखि जीवन पर्यन्त क्रियाशीलता देखाउनुभएको जनाउनुभयो । पाठक समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष र जसपाबाट ‘क्रान्तियोद्धा’ को सम्मानप्राप्त नेता हुनुहुन्थ्यो । समाजवादीमा प्रवेश गर्नुअघि उहाँ विभिन्न समयमा नेपाली काँग्रेस, नेकपा ९एमाले० लगायत पार्टीमा पनि आबद्ध हुनुहुन्थ्यो । गणतन्त्र स्थापनाका लागि उहाँले रामराजाप्रसाद सिंहको मोर्चासँग पनि सहकार्य गर्नुभएको थियो । पाठकले भूमिगतकालमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो निवासमा जननायक विपी कोइरालाजस्ता नेतालाई समेत आमन्त्रण गरेर बैठकसमेत गराउनुभएको थियो । पाठक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पनि प्रिय मानिनुहुन्थ्यो । विसं। २०४७ मा अन्तरिक सरकारका प्रधानमन्त्री भट्टराईले पाठकलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रस्ताव गर्दा पाठकले आफू सक्रिय राजनीतिमा लागिरहन चाहेकाले अस्वीकार गरेको पाठकका छोरी वरिष्ठ पत्रकार नम्रता शर्माले बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकले एक जना अशल राजनीतिकर्मी, राष्ट्रियता संरक्षण अभियानकर्मी, राजनीतिक विश्लेषक, इमानदार नागरिक, पुराना नेता र वरिष्ठ कानून व्यावसायीलाई गुमाउनुपरेको जनाउनुभएको छ । दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले पनि दिवंगत पाठकप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्न परिवारमा समवेदान व्यक्त गर्नुुभएको छ । पाठक वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति हुनुहुन्छ ।

सर्वोच्च अदालत, बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे । पाठक २०३४ सालमा सो बारको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेतृत्वको कार्यकालको समितिमा दस्य रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पाठकसँगको सहकार्यको स्मरण गर्नुभयो भने वरिष्ठ अधिवक्ता शम्भु थापाले पाठक आफ्ना कानूनी क्षेत्रका गुरु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...