निजगढ विमानस्थल निर्माणको काम चाडै सुरु हुन्छ : अध्यक्ष नेपाल



हाम्रो इकोनोमि

 

 

 

एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चाडै सुरु गरिनु पर्ने बताउनु भएको छ । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा आज मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई समबोधन गर्नु हुँदै अध्यक्ष नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहिमा लैजाने योजना थियो, निजगढमै बनाउन आफुले पहल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढमा विमानस्थल बनाउनका लागि कुनै बिलम्ब गरिनु हुँदैन, चाडै बनाउनु पर्छ ।”

यसै गरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाडो सुरुआत गर्न सम्बन्धित निकाएलाई आग्रह गर्नुभयो । एक छुट्टै प्रसंगमा बोल्नु हुँदै अध्यक्ष नेपालले अहिले सरकारमा समावेस भएका आफ्ना पार्टीका मन्त्रीहरुको बद्नाम गराउनका लागि विभिन्न तत्वहरु लागि परेकाले त्यस्ता तत्वहरुबाट बच्न तथा मन्त्रीहरुले पनि आफ्ना बोली भाषमा सावधानी अपनाउन र मिठास बोली प्रयोग गर्न आग्रह गर्नुभयो । राम्रो काम गर्ने मान्छेलाई बद्नामित गराउन खोज्नेहरु आफै नाङ्गिएर जाने अध्यक्ष नेपालको भनाइ थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाली काग्रेसका बरिष्ठ नेता तथा पूर्वउप प्रधानमन्त्री रामचन्द्र पौडेलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुक्कै हालतमा पनि निर्माण गरिनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरो वर्षौ पहिलेदेखि चल्दै आएको तर काम सुरु नभएकाले अब यो सरकारले चाडै काम सुरु गर्नु पर्छ ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम चाडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाडै सुरुआत गर्ने छौँ ।”

एक छुट्टै प्रसंगमा मन्त्री आलेले विभिन्न समाजिक सञ्जालमा मेरो मानर्मदन हुने गरी केही व्यक्तिले गलत भिडियो पोष्ट गर्ने तथा नकारात्मक स्टाटर्स लेखी बद्नाम गर्न खोजेकाले त्यस्ता खालका आधार हिन र तत्थ्यहिन पोष्ट तथा भिडियोलाई बिश्वास नगर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मैले गर्दै आएका राम्रा र सकारात्मक कामबाट अतालिएकाहरुले मेरो बद्नाम गर्ने कोसिस गर्दैछन्, म सधै नागरिकको पक्षमा छु र नागरिककै हकहितका लागि काम गर्ने छु ।” निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुर्नस्थापना गर्नु पर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थान्तरणको काम चाडै सम्पन्न गरिनु पर्ने कार्यक्रमका अधिकाँस बक्ताहरुको भनाइ थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...

प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो

  नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको...

चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश

    नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट...

पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको...