पर्यटन मन्त्रालयको एक्सनपछि क्यासिनोबाट ७५ करोड रोयल्टी उठ्यो



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्सनपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् । क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै साढे ७५ करोड रुपैयाँ राजस्व उठेको छ ।

मन्त्रालयले दिएको सूचना अनुसार हालसम्म देशका विभिन्न स्थानमा सञ्चालित १९ वटा क्यासिनो तथा मिनी क्यासिनोहरुबाट गरी यसै वर्षमा ७५ करोड ४५ लाख रुपैयाँ राजस्व दाखिला भएको हो । साथै, बाँकी १४ करोड २० लाख रुपैयाँ सोही राजस्व प्रयोजनका लागि क्यासिनो सञ्चालकहरुबाट बैंक जमानत प्राप्त भएको समेत मन्त्रालय जानकारी दिएको छ ।

यस्तो राजस्व आर्थिक वर्ष २०७६÷७७ सम्ममा विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरु मार्फत कुल एक अर्ब ९० करोड ९९ लाख ५५ हजार ९२६ रुपैयाँ ९९ पैसा उठ्नु पर्नेमा ८४ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ मात्र रोयल्टी शीर्षकमा राजश्व बक्यौता रहेको देखिएपछि कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...