फागुन ११ देखि इलाममा तारा एअरको नियमित उडान हुने



हाम्रो इकोनोमि

 

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आईतबार र बिहिबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालीका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि वि.सं. २०७५ जेठ २१ गते तारा एअरको ट्वीनेटर जहाजले परिक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो ।
काठमाडौँ देखी इलाम सम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फि भाडा रु नौ हजार कायम गरिएको छ । ईलाम नगरपालीकाका प्रमुख महेश वस्नेतले पर्यटन बोर्ड तथा तारा एअरले पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्नुहुँदै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ ।
त्यहाँ कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उहाँले बताउनुभयो
। ईलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्रहरु हुन् । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...