जनजातीको हित तथा उत्थानका लागि म कटिबद्ध छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

माघ २५संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातीको हित तथा उत्थानका लागि आफु सधै कटिबद्ध रहने बताउनु भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१ औँ स्थापना दिवसका अवसरमा आज मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले जनजातीको बृद्धि विकास तथा उत्थानका लागि सधै अग्रसर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “जनजातीको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्युन हुँदै आएको छ, मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने छु ।”

नेपालको जनगणना बिसं २०६८ अनुसार जनजातीको सङ्ख्या करिब ३५.२५ प्रतिसत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातीहरुका लागि विनियोजन हुँने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथी उकास्न तथा जनजातीको बृति विकासका लागि भएपनि आफुले सक्ने जती बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन समेत दिनुभयो । यसैगरी मन्त्री आलेले जनजातीका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम सहित प्रपोजल ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराउनुभयो ।

 

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफु वन तथा वातावरणमन्त्री भएकाबेला बैज्ञानिक वनका नाममा देशका हरियाली रुखहरु विनास गर्ने तस्करहरुको योजना बिफल पारेको दाबी समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “बैज्ञानीक वनका नाममा रुख काट्न आदेश दिने केही व्यक्तिलाई अख्तियारले मुद्धा दायर गरेर कठघरमा राखेको छ, वन बिनास गर्नेहरु सबै कारवाहीमा पर्ने छन् ।” आफुले वन बिनास गर्ने योजना बिफल पारेकै कारण सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा केही महिना पहिले कोप २०२६ को कार्यक्रममा जाँदा नेपालमा भएको वन जङ्गलका कारण नेपालले रु ३६ अरब रोयल्टी पाएको दाबी गर्नुभयो ।

 

यसैगरी मन्त्री आलेले आफुले नेपाली नागरिकको हित तथा देशको हितका लागि काम गर्दै आएको र आफु जहिले पनि देश र नागरिकको हकहितका लागि काम गर्ने बताउनुभयो । नागरिक र देश भन्दा ठूलो आफ्ना लागि अन्य कुनै चिज नभएकाले देश र नागरिकको सेवाका लागि आफु ज्यान दिन पनि तयार रहेको उहाँको भनाई थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...