मारवाडी सेवा समितिलाई मन्त्री आलेले दिए पाँच महिनाको तलब



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गर्नु भएको छ । आज शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मसाला गौसालामा आयोजना गरेको निः शूल्क कृतिम खुट्टा बितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सो कुरा बताउनु भएको हो ।

मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमुल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस भन्नका लागि आफुले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मारवाडी सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अतिनै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिने छु, सोमबार सम्म उक्त रकमको चेक हस्तान्तरण गर्ने छु ।” मारवाडी सेवा समितिले थप राम्रा काम गरोस तथा दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफु पनि तयार रहेको उहाँको भनाइ थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले राजनिती पेसा नभएर सेवा भएकाले आफु पनि जनताको सेवा गर्नका लागि राजनितीमा प्रबेस गरेको र हामी सासक नभइ सेवक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म राजनितीमा जनताको सेवा गर्न आएको छु, नेपाली जनभावना अनुसार म काम गरीरहेको छु, जनभावना अनुसार काम गर्ने मेरो इच्छा हो ।” यो जनता प्रति उत्तरदायी भएको सरकार भएकाले मेरो मन्त्रालय अन्तरगत भएका बिकृति, बिसंगतिका बारेमा पनि मलाइ जानकारी दिनुहोला, सरकार कहाँ निर चुकेको छ, कहाँ कम्जोरी भएको छ, सुधार गर्नु पर्ने कुरा मलाई भन्नु होला म सच्याउन तयार छु मन्त्री आलेले थप भन्नुभयो, “बिकृति, बिसंगतीका बारेमा मलाई खबर गर्नुस, म तत्काल सुधार गर्ने छु, यो मेरो बाँचा भयो ।”

उक्त कार्यक्रममा बिभिन्न दुर्घटनामा परि खुट्टा गुमाएका नागरिकहरुलाई निःशुल्क रुपमा कृतिम खुट्टा बितरण गरिएको पशुपति धर्मसाला गौलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिनुभयो । मारवाडी सेवा समितिले भुकम्पका बेलामा नागरिकलाई निः शुल्क खाना बितरणदेखि हाल सम्म पाँच हजार ठाउँमा निःशुल्क रक्तदान कार्यक्रमको आयोजना गरी कम्तीमा पनि ५० हजार पिण्ट रगत सङ्कलन गरि रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको सो कार्यक्रममा जानकारी गराइएको थियो । यसै गरी उक्त समितिले खुट्टा गुमाएका नागरिकलाई निःशूलक रुपमा कृतिम खुट्टा प्रदान गर्दै आएको छ ।  विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...