पर्यटन प्रबद्धनमा पूर्ण सहयोग गर्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

कोभिड महामारीको प्रभाव अन्त्यसंगै अबको वर्ष ५ लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारकातर्फबाट पूर्ण सहयोग रहने बताउनु भएको छ । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम १ लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्कालागि राष्ट्रिय स्तरको समिति गठन गरिएको छ ।

मन्त्रालयमा आज शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा ५ लाख र २०२३ मा यो संख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्ण रुपमा धरासायी बनेको छ, पर्यटन प्रबद्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ ।”

कोरोनाका कारण थला परेका पर्यटन उद्योगलाई लयमा फर्काउनका लागि माघ २ गते उक्त समिति बिधिबत रुपमा गठन भएको थियो । गठन भएसँगै सो समितिले आज पहिलो पटक आफ्नो बैठक राखेको थियो । उक्त समितिको नेपालका पर्यटन क्षेत्रहरुलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनःस्थापित गराउने उदेश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडबाट धरासायी बनेको पर्यटन क्षेत्रलाई माथी उकास्नका लागि हामी एक महिना भित्र बृहत पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दैछौँ, कमिटीका सदस्यबाट आएका सुझाबहरु सङ्कलन गरी बिस्तृत रिपोर्ट तयार गर्ने छौँ ।”

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने बताउनुभयो । नेपाल टुर एण्ड ट्राभल एशोशिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकुल बदल्नुपर्ने बताउनुभयो । होटल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणाले सिमा नाकाबाट आउने पर्यटकलाई हवाई मार्गबाट आउने पर्यटक सरह सम्मान दिलाउनु पर्ने बताउनुभयो । यसैगरी उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीहरुको मनोबल बृद्धि गरिनुपर्ने बताउदै पर्यटकहरुलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने बताउनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...