फागुन ९ मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले बताएको छ। भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणको लागि तीन चार दिनयता एरोथाइका प्राविधिकहरू भैरहवामा छन्।

प्राविधिक परीक्षण भइरहेको बेला प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई लिएर निरीक्षणको लागि आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको अवस्थाबारे जानकारी गराउँदै एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले मौसम अनुकूल भए क्यालिब्रेसन फ्लाइटका लागि फेब्रुअरी २१ (फागुन ९ गते) तारिखमा थाइल्याण्डदेखि जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।

श्रेष्ठले तीन वर्षको भैरहवाको मौसमलाई अध्ययन गर्दा भिओएफआरमा जहाज उड्न मिल्ने भएकोले मौसम नबिग्रिए फागुन ९ गते जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।श्रेष्ठका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ।

अहिले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आएको थाइल्याण्डको प्राविधिक टिमले विमानस्थलमा जडान गरिएका उपकरण, विमानस्थलको ग्राउण्ड तथा यहाँको पछिल्लो तीन वर्षको मौसमको अवस्था अध्ययन गरिरहेको छ। क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...