सार्वजनिक यातायातले सीटभन्दा बढी यात्रु चढाउन नपाउने



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्रै यात्रा गराउन र छोटो दूरीका यातायातले सीट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिएको छ ।

काठमाडौं उपत्यका जारी ‘स्मार्ट लकडाउन’लाई थप कडा बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार थप आदेश जारी गर्दै सीट क्षमताभन्दा ढबी यात्रुलाई यात्रा नगराउन भनेको हो ।

त्यस्तै सबै यात्रुले अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई बसभित्र छिर्न नदिने, चालक र सह–चालकले अनिवार्यरूपमा फेससिल्ड लगाउनु पर्ने, यात्रुको पहुँच पुग्नेगरी सवारीसाधनको ढोकैमा स्यानिटाइजरको व्यवस्था गरी प्रयोग गराएर मात्रै बस चढाउनु पर्ने, सवारीसाधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्न र मास्क नलगाई आएका यात्रुलाई बढीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनु पर्नेलगायत आदेश दिएको छ ।

त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा यात्रु नचढाउन पनि प्रशासनले आदेश दिएको छ । आजै राति १२ बजेपछि लागू हुनेगरी जारी गरिएको आदेशमा लामो दूरीका यातायातले यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्नेसम्मको आदेश दिएको छ ।

यो आदेश मंगलबार राति १२ बजेदेखि लागू भइसकेको छ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको कारबाही हुने पनि जिप्रका काठमाडौंले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...