सार्वजनिक यातायातले सीटभन्दा बढी यात्रु चढाउन नपाउने



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्रै यात्रा गराउन र छोटो दूरीका यातायातले सीट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिएको छ ।

काठमाडौं उपत्यका जारी ‘स्मार्ट लकडाउन’लाई थप कडा बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार थप आदेश जारी गर्दै सीट क्षमताभन्दा ढबी यात्रुलाई यात्रा नगराउन भनेको हो ।

त्यस्तै सबै यात्रुले अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई बसभित्र छिर्न नदिने, चालक र सह–चालकले अनिवार्यरूपमा फेससिल्ड लगाउनु पर्ने, यात्रुको पहुँच पुग्नेगरी सवारीसाधनको ढोकैमा स्यानिटाइजरको व्यवस्था गरी प्रयोग गराएर मात्रै बस चढाउनु पर्ने, सवारीसाधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्न र मास्क नलगाई आएका यात्रुलाई बढीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनु पर्नेलगायत आदेश दिएको छ ।

त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा यात्रु नचढाउन पनि प्रशासनले आदेश दिएको छ । आजै राति १२ बजेपछि लागू हुनेगरी जारी गरिएको आदेशमा लामो दूरीका यातायातले यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्नेसम्मको आदेश दिएको छ ।

यो आदेश मंगलबार राति १२ बजेदेखि लागू भइसकेको छ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको कारबाही हुने पनि जिप्रका काठमाडौंले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...