एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि



हाम्रो इकोनोमि

 

 

नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा काेराेना पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १० हजार २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४ हजार ९५६ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेको छ । हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...