महेश बस्नेत पनि कोरोना संक्रमित



हाम्रो इकोनोमि

 

 

महाधिवेशन आयोजक समिति बनाउने पोखरा बैठकमा सहभागी भएका राष्ट्रिय युवा संघ नेपालका अधिकांश नेतामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सम्पन्न सचिवालय बैठकमा सहभागी एमाले पोलिटब्यूरो सदस्य एवं युवा संघ इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेल, सहसंयोजक सञ्जीव झासहितका पदाधिकारीमा संक्रमण पुष्टि भएको हो ।

पोखराबाट फर्किएलगत्तै गरिएको पिसिआर परीक्षणमा इञ्चार्ज बस्नेत, संयोजक पौडेलसहित पदाधिकारीमा संक्रमण पुष्टि भएको युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताउनु भयो । यस्तै पूर्वमहासचिव रमेश आचार्य पनि संक्रमित हुनुभएको छ ।

यसैगरी पूर्वअध्यक्ष राजीव पहारी, नेतृ अञ्जना अधिकारी, पुष्प श्रेष्ठ, बाबु छत्कुली, सामजी सापकोटा, अभिशेक तिवारी, दिनेश थापा, सुमन पुरीलगायतका नेताहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु सवै होम आइसोलेशनमा रहनुभएको प्रचार बिभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...