झन् आक्रामक बन्दै मन्त्री आले, को-को छ तारोमा ?



हाम्रो इकोनोमि

 

 

यतिबेला मन्त्री प्रेमबहादुर आले आक्रामक बन्दै गएका छन् । उनले पुरातात्विक महत्वका क्षेत्र हडप्नेहरुमाथि तारो बनाएका छन् । सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् । आलेले बतास समूहमाथि नारायणहिटीको जग्गा प्रकरणमा कारबाहीको डण्डा चलाएका छन् । पशुपति धर्मशालामा बतासले कानूनविपरित गरेका कार्यहरुबारे समेत छानबनि गर्न आफै अवलोकन गरेका छन् ।

अब उनको ध्यान तारागाउँ होटलमा गएको बुझिएको छ । तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे सरकारले छानविन गर्न समिति नै गठन गरी प्रतिवेदन चार वर्ष अघि नै बुझाइसकेको छ । तर, यसको कार्यान्वयन गर्नतर्फ सरकारमा रहेकाहरुले तत्परता देखाएनन् ।तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्ले २०४९ भदौ ५ मा निर्णय गरेर एक सय ५० रोपनी जग्गा तारा गाउँ रिजेन्सी होटल हायातलाई दिइएको थियो । उक्त जग्गा होटलमा शेयरका रुपमा सरकारले राखेको देखिन्छ ।

सरकारको पूर्ण स्वामित्वको तारागाउँ विकास समितिको बौद्धस्थित एक सय ५० रोपनी जग्गा कसरी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड कम्पनि ‐हायात) को नाममा गएको देखिएको थियो । ३०४ रोपनी जग्गामध्ये आधार जग्गा होटल खोल्नलाई १४० रोपनी शेयरका रुपमा राखेपनि १५४ लिजका रुपमा लिजका रुपमा दिनेबारे २०४९ मंसिर ५ मा उल्लेख भएपनि पूरै जग्गा होटलको नाममा नामसारीले तरंग ल्याएको थियो । तर, यो घटना विभिन्न तरिकाले सामसुम पारिएको थियो ।

ऐतिहासिक कमलपोखरीमाथि छायाँ सेन्टर निर्माणको फायल पनि मन्त्री आलेले खोज्न लगाएको बुझिएको छ । अदालतमा निस्सा पाएको यो प्रकरणको मुद्दामा योजनावद्ध तरिकाले पोखरीको नामको जग्गा व्यक्तिको नाममा बनाएर शक्तिशाली व्यक्तिहरु सेयरमा बसेर छाँया सेन्टर निर्माण भएको खुलेको छ । यो प्रकरणमा कतिपय व्यक्तिहरुले गोल्डेन सेयर पनि पाएका छन् ।

यसैगरी, सरकारले नेपाल ट्रस्टको जग्गाबारे समेत चासो लिन थालेको बुझिएको छ । ट्रस्टको नाममा रहेको जग्गा कौडीको भाउमा विभिन्न व्यापारिक घरानाहरुले चलाइरहेका छन् । राजा वीरेन्द्रको वंशनाशपछि उनी र परिवारको नाममा रहेको जिन्सी र नगद सम्पत्ति नेपाल ट्रष्टको नाममा राखिएपनि राजनीतिक संरक्षणमा ठूला व्यापारीले चलाउन थालेका छन् । यसमा ठूलै आर्थिक चलखेल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...