‘धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने महिलामा क्यान्सको खतरा अधिक हुन्छ’



हाम्रो इकोनोमि

 

 

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।

ह्युमनप्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ ।

त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको सङ्केत गर्छ । यदि त्यस्तो सङ्केत देखा परेमा सतर्क रहँदै चिकित्सकीय परामर्श लिनु पर्छ ।

यो जनवरी महिना भनेको क्यान्सरको जागरूपताको महिनाको रूपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौं कमन क्यान्सर हो र योचाहिँ महिलाहरूमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचआईभी भ्याक्सिन लगाउने गरिन्छ । जुन ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बच्चाहरूलाई २ डोज खोप र १५ वर्षदेखि २६ वर्ष उमेर समूहका मानिसहरूलाई ३ डोज खोप लगाउने गरिन्छ ।

त्यस्तै २६ वर्ष भन्दा माथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाए पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले सङ्क्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कु्रा परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

९० प्रतिशत महिलामा असामान्य रूपमा योनीबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरू हुन् ।

कस्तो अवस्थामा यसको परीक्षण गर्ने त कस्ता रहन्छन यो क्यान्सको लक्षणहरू ?

महिनावरी नभए पनि बीचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले सङ्क्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरूले कम्तीमा वर्षमा एक पटक स्त्री रोगसम्बन्धीका डाक्टरहरूलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ ।

हामीले हामीकहाँ आउने महिला दिदीबहिनी तथा आमाहरूलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानीका उपायहरूको ज्ञान दिन जरुरी छ ।

(डा. शर्मा एभरेष्ट अस्पतालकी स्त्रीरोग तथा निःशन्तान विशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...