यतीको ‘यति धेरै क्यासब्याक’ अफर, खल्तीबाट भुक्तानी गर्दा ४ सय ५० क्यासब्याक



हाम्रो इकोनोमि

 

 

 

नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने “यति धेरै क्यासब्याक” अफर ल्याएको छ । फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ ।

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ ।

टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ सँगको सहकार्यमा हाम्रा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताउनु भएको छ । वहाँका अनुसार “यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं, यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं ।”

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...