यतीको ‘यति धेरै क्यासब्याक’ अफर, खल्तीबाट भुक्तानी गर्दा ४ सय ५० क्यासब्याक



हाम्रो इकोनोमि

 

 

 

नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने “यति धेरै क्यासब्याक” अफर ल्याएको छ । फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ ।

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ ।

टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ सँगको सहकार्यमा हाम्रा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताउनु भएको छ । वहाँका अनुसार “यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं, यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं ।”

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...