नोबेल मेडिकल कलेज तोडफोड



हाम्रो इकोनोमि

 

 

नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था केही समय तनावग्रस्त बनेको थियो । बिहीबार आन्दोलनरत पक्षसँग जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति भएको थियो। तर आइतबार नोबेल मेडिकल कलेज प्रशासनले सहमतिविपरीत अतिरिक्त शुल्क बुझाउने विद्यार्थीलाई राखेर कक्षा सञ्‍चालन गरेपछि प्रदर्शन गरेको अनेरास्ववियूका नेता नविन पहाडीले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...