नोबेल मेडिकल कलेज तोडफोड



हाम्रो इकोनोमि

 

 

नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था केही समय तनावग्रस्त बनेको थियो । बिहीबार आन्दोलनरत पक्षसँग जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति भएको थियो। तर आइतबार नोबेल मेडिकल कलेज प्रशासनले सहमतिविपरीत अतिरिक्त शुल्क बुझाउने विद्यार्थीलाई राखेर कक्षा सञ्‍चालन गरेपछि प्रदर्शन गरेको अनेरास्ववियूका नेता नविन पहाडीले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...