लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुँने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश बिदेशमा चिनिएकाले यहाँको विकासका लागि आफु सबै सकारात्मक रहेकाले बजेट अभाब हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शान्तिदुत भगवान गौतमबुद्ध जन्मिनु भएको र उहाँकै नामबाट देश बिदेशमा निचिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनु होला, म यहि कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हुने छ ।” लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका बिभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण भएका कामहरु क्वालिटी युक्तका हुनु पर्ने मन्त्री आलेको जिकिर थियो ।

सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचनाहरु क्वालिटी युक्त तथा मापदण्ड सहितका निर्माण गर्नका र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखानु पर्ने धारणा राख्नु भएको थियो । साथै मन्त्री आलेले लुम्बिनी विकास कोष अन्तरगत रहेको ११ सय ५५ बिगाहा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेको र त्यसको ग्राइन डिजाइन अनुसार हामीले कम्तिमा पनि ८१ प्रतिसत काम सम्पन्न गरिसकेका छाँै बाँकी रहेको १९ प्रतिसत काम चाडो टेन्टर प्रक्रियाबाट काम सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिनु भएको छ ।

मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार जना मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजना अनुसार मुल प्रबेश द्धारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्यास समेत गर्नु भएको थियो । विमल विष्ट

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...