मन्त्री आलेको निर्देशनमा धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रशाद सुबेदीको संयोजगत्वमा एक छानविन समिति गठन गरिएको छ । नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानविनका लागि उक्त समिति गठन गरिएको हो । समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रशाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिब सदस्य रहनु भएको छ ।

 

उक्त समितिलाइ सात दिन भित्रमा छानविनको प्रतिबेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रुपमा सञ्चालन गरिएको भन्ने आरोप लागे पछि त्यसको सत्य सत्थ्य छानविनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो । उक्त धर्मसालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्राली (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाइ होटेका रुपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरुसँग मनपरि भाडा लिने गरेको आरोप लागेको छ ।

 

उक्त धर्मसालाका विषयमा छानविनका लागि युवा संघ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज शुक्रबार ज्ञापनपत्र पेश गरेको छ । “मित्र राष्ट्रभारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुबिधाका लागि निर्माण गरेको धर्मशाला व्यवसायीक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो” उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्र ग्रहण गर्नु हुँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारवाहि गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी सम्पतिमा रजाइँ गरौला नसोचे हुन्छ, सार्वजनिक सम्पति एक इन्चि छोड्दिँन, मिच्ने र गलत प्रयोजनमा दिनेलाई कारवाहि गर्छु ।”

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...