धनगढी विमानस्थलका लागि एक अर्ब बजेट बिनियोजन



हाम्रो इकोनोमि

 

 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा  आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले सुदूरपश्चिमको राजधानी कैलाली स्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट बिनियोजन गरेको छ । क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट बिनियोजन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

 

बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० विगाह जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाडै मन्त्रिपरिषदमा लैजाने छौँ ।” उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आले पर्यटन मन्त्री भए लगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिवद्धता जनाए अनुसार उक्त बजेट बिनियोन गरिएको हो ।

 

धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा.हेमराज जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि माइलस्टोन परियोजना हो, सुदूरपश्चिमेलीको वर्षौंदेखिको सपना आले मन्त्री ज्युले पूरा गरि दिनुभयो, हामी खुशी छौँ ।” यसै गरी आज बसेको उक्त क्यानको बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरामा समेत विमास्थलको रन वे विस्तार तथा टर्मिनल भवनहरु निर्माणका लागि बजेट बिनियोजन गरेकोछ । बजेट विनियोजनमा सुदूरपश्चिम सधै पछि परेको गुनासो आउँने गरेकोमा यसपटक मन्त्री आलेले ती क्षेत्रका विमानस्थलको विकास तथा विस्तारमा बजेटको व्यवस्था गर्नु भएको हो । क्यानको ३९२ औं बैठकले आज बजेट पारित गर्नुको साथै पूर्वाधार विकासका बारेमा निर्णयहरु गरिएको प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...