दुइ पक्षिय हवाइ सम्झौता गर्न रुवाण्डाका राजदुतको प्रस्ताब



हाम्रो इकोनोमि

 

 

रुवाण्डाका गैर आवासीय राजदुत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच दुइ पक्षिय हवाइ उडानको सम्झौता गर्न प्रस्ताब राख्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज आइतबार मन्त्रालयमा भएको सिष्टाचार भेटका क्रममा राजदुत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच अहिले सम्म हवाइ सम्झौता नभएकाले हवाइ सम्झौताका लागि प्रस्ताब गर्नु भएको हो ।

भेटका क्रममा राजदुत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गरिए पर्यटक प्रद्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुवाण्डाका पर्यटक भित्रयाउनका लागि भएपनि नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गर्न आवश्यक छ, उक्त सम्झौताले दुइ देश मित्रता पनि थप कायम हुँने छ ।” सोही भेटका क्रममा राजदुत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुइ पक्षिय सहयोग आदान प्रदान हुनु पर्ने आग्रह गर्नुभयो ।

राजदुत मुकाङ्गीराले राख्नु भएको दुइ पक्षिय हवाइ उडानको सम्झौता प्रस्ताबका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्ताबको प्रक्रिया अगाडी बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “दुइ पक्षिय हवाइ उडानको सम्झौता प्रस्ताब हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडी बढाउने छौँ ।” उक्त सिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिब महेश्वर न्यौँपाने तथा सह सचिब बुद्धिसागर लामिछानेको सहभागिता रहेको थियो । विमल विष्ट

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...