होटेल व्यवसायीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटेल व्यवसायीहरुका समस्या समाधानका लागि आफुले पहल चाल्ने बताउनु भएको छ । एकता होटेल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन कार्यक्रमलाई आज शनिबार सम्बोधन गर्नु हुँदै उहाँले पछिल्लो समय होटेल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन बिभागमा दर्ता प्रकृयादेखि अन्य बिभिन्न समस्या भएकाले ती समस्याको समाधानका लागि आफुले पहल गर्ने बताउनु भएको हो । पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्नका लागि होटेल तथा गेष्टहाउस सञ्चालकहरुको अहम भुमिका रहेकाले होटेल व्यवसायीलाई परेका समस्या र सारो गाह्रोलाई पर्यटन मन्त्रालय र होटेल व्यवसायी संघ दुबै पक्ष मिलेर समाधान गर्न तिर लाग्नु पर्ने मन्त्री आलेको भनाइ थियो ।

होटेल तथा गेष्टहाउस व्यवसायीले पर्यटन ऐन २०३५ लाई संसोधनका लागि पहल गर्नु पर्ने तथा पर्यटन बिभागमा होटेलहरु दर्ता गर्नका लागि पहिले ५० बेडको व्यवस्था थियो त्यसलाई परिमार्जन गरी २५ बेडमा झारेकाले त्यसले गर्दा अधिकाँस साना तथा मझौला होटेलहरु त्यो मापदण्डमा नपर्ने हुँदा दर्ता हुन सम्भव नभएकाले २५ बेडको मापदण्डलाई संसोधनका लागि पहल गर्न माग गरेका थिए । होटेल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन ऐन २०३५ र पर्यटन बिभागमा होटेलहरु दर्ता गर्ने प्रकृयाले भइरहेका समस्याका विषयमा उचित पहल कदमी चाल्ने मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन ऐन २०३५ संसोधन गर्ने कुरा म एक्लैले गर्न सक्ने कुरा होइन तर त्यसको समाधानका लागि के गर्न सकिन्छ म सकारात्मक रुपमा लाग्ने छु ।” सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री आलेले आफु पबित्र उदेश्य बोकेर मन्त्रालयमा मन्त्रीका हैसियतामा आएकाले नागरिक तथा पर्यटन व्यवसायी सहित देशलाई फाइदा हुने र सकारात्मक हुने कामका लागि आफु कहिले पनि पछि नहट्ने समेत बताउनुभयो ।

सम्बोधनकै क्रममा मन्त्री आलेले मन्त्रालय तथा मातहतका निकाएमा हुने गलत प्रबृतिका कामलाई निरुत्साहित गर्दै आफुले सहि र जनहितका कामलाई उच्च प्राथमिकता दिएको दाबी गर्नुभयो । यसैगरी मन्त्री आलेले नेपालका होटेल तथा गेष्टहाउस व्यवसायीले पर्यटकहरुलाई भित्रयाउनका लागि आफुले सक्ने सहयोग गर्न समेत आग्रह गर्नुभयो । उहाँले थप भन्नुभयो, “नेपालमा जती सक्दो बढी पर्यटक भित्रयाउन सके यहाँको पर्यटन क्षेत्रको प्रचार प्रशार तथा विकास हुँनेछ, त्यसका लागि तपाइहरुको पनि सहयोग आवश्यक छ ।” बिदेशी पर्यटक तथा नेपाली नागरिकका वीचमा हवाइ भाडामा पनि एकरुपता कायम गर्न आफुले पहल चालिरहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) देखि अन्य बिभिन्न समस्याले होटेल तथा गेष्टहाउस व्यवसायी समस्यामा परेका र त्यसैमाथी पर्यटन ऐन २०३५ तथा पर्यटन बिभागमा होटेलहरु दर्ता गर्नका लागि पनि समस्या भएकाले त्यसको चाडो समाधानका लागि पहल गरिदिन मन्त्री आलेसँग होटेल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका महासचिब दामोदर नेपालले आग्रह गर्नु भएको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...