आइतबार बिहान पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविरको आयोजना गर्दै



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सकृयता तथा मन्त्रालयको आयोजनामा भोली मङ्सिर ५ गते आइतबार बिहान ५ बजे राष्ट्रदेब पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितीमा उक्त बिसाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

क्त योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई राष्ट्रदेब पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिब डा.टोकराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितीमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीहरुको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रबद्धन हुने अपेक्षा लिइएको छ ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । शिविरमा दसौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा रहेको छ । योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...