आइतबार बिहान पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविरको आयोजना गर्दै



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सकृयता तथा मन्त्रालयको आयोजनामा भोली मङ्सिर ५ गते आइतबार बिहान ५ बजे राष्ट्रदेब पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितीमा उक्त बिसाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

क्त योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई राष्ट्रदेब पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिब डा.टोकराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितीमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीहरुको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रबद्धन हुने अपेक्षा लिइएको छ ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । शिविरमा दसौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा रहेको छ । योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...