पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच धकेला–धकेल



हाम्रो इकोनोमि

 

 

शनिबार (भाइटीका)का दिन नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच लफडा भएको छ । तर, दुबै पक्षले एक–अर्काका कारण घटना भएको दावि गरेका छन् । लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर  नेपाल फर्किएका सीईओ र भन्सार चेकिङमा बसेका कर्मचारीबीच धकेला–धकेलासम्मको अवस्था आएको छ ।

नेपाल पर्यटन बोर्डका सीईओ रेग्मीलाई त्रिभुवन भन्सार कार्यालयले ५ हजार जरिवाना तिराएको छ । भन्सार कार्यालय प्रमुख महेश भट्टराईले भने, ‘म व्यक्ति को हो चिन्दिन, तर भन्सार कर्मचारीमाथि दुर्व्यवहार भएपछि जरिवाना तिराइएको छ ।’

उता, नेपाल पर्यटन बोर्डका सीईओ डा. रेग्मीले भने घटना भएको स्वीकार गरे । विमानस्थलमा झरेपछि सीसीएमसीदेखि भन्सार कटुन्जेल कर्मचारीको तुच्छ व्यवहार र बोली सहन नसकेपछि आफुले आवाज उठाउन खोज्दा मापसे गरेको भन्दै आफुलाई फसाउन खोजिएको उनले बताए ।

भन्सार कर्मचारीले डा. रेग्मीले हातपात गरेको बताएका छन् । यता, रेग्मीले भने भन्सार चेक पार गरिसकेपछि पनि ‘तँ तँ म म’, ‘त्यसलाई रोक’ भन्दै कर्मचारीले तान्न खोजेपछि आफूले धकेलेको बताए । अध्यागमनदेखि भन्सारसम्म हरेक दिन विमानस्थलमा जनताले सास्ती पाएका छन्, अरु सर्वसाधारणले बोल्दा कतै सुनिदैन, मैले बोल्न खोजे, इस्यू बनाइयो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...