सरकारी ध्वजा बाहक जहाँजलाई सबै मिलेर माथी उकासौ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजा बाहक बिमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर शिरको उचाइमा पु¥याउनु पर्ने धारणा राख्नु भएको छ । आज शुक्रबार मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाँज सञ्चालकहरुसँगको छलफलका क्रममा मन्त्री आले देशमा निजी क्षेत्रका जहाँज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजा बाहक बिमान नेपाल वायुसेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथी उकास्नका लागि एक जुट हुन आग्रह गर्नु भयो ।

 

सोही क्रममा मन्त्री आलेले भन्नुभयो, “नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो, कृपाया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजा बहाक जहाँज उडाउन सबै लागि परौँ ।” नेपालमा सरकारी जहाँज फष्टाउनका लागि निजी क्षेत्रका जहाँज सञ्चालक कम्पनीहरुसँगको सहयोग आवश्यक देखिएकाले सरकारी क्षेत्र निजी क्षेत्रलाई चाहिने सहयोग र निजी क्षेत्र सरकारी जहाँज चलाउनमा सहयोग गरौँ, हाम्रा सपना अवश्य पुरा हुने छन् मन्त्री आलेले थप भन्नुभयो, “सरकारी काम कहिले जाला घाम भने जस्तो नगरौँ, जहाँज लाई घाम तपाउने काम बन्द गरौँ, देश बिदेशका आकासमा अब नेपाली ध्वजा बाहक जहाँज सञ्चालन गर्न एक जुट हौँ ।”

 

पछिल्लो समय बिश्वव्यापी कोरोना महामारीका कारण पर्यटकहरु भित्रयाउन नपाउँदा नेपालमा जहाँज सेवा सञ्चालक कम्पनीहरुपनि समस्यामा परेको दुःखेसो हुँदा हुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजा बहाक जहाँजमा सञ्चालनका लागि निजी क्षेत्र सधै तत्बर र सकारात्मक रहने उक्त कार्यक्रममा अधिकाँस निजी क्षेत्रका जहाँज सञ्चालकहरुले प्रतिबद्धता जनाउनु भएको थियो । सोही क्रममा नेपालका अधिकाँस पहाडी जिल्लाहरुमा रहेका एअरपोर्टहरुमा जहाँजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाँज सञ्चालकको गुनासो गर्नु भएको थियो । कुनै कारणबस रातीको समयमा जहाँज पार्किङ्मा राखिएको बेला कसैले सामान्यतया ढुङगा, मुडा हिर्काउदा समेत जहाँजमा ठूलो क्षती हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रहरुमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन समेत उहाँहरुले मन्त्री आलेसँग आग्रह गर्नुभयो । निजी क्षेत्रका जहाँज कम्पनीका सञ्चालकहरुका मागका विषयमा तत्काल सम्बोधन गर्न मन्त्री आलेले मातहतका निकाएलाई आदेश दिनु भएको छ । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...