नेपाल एयरलाइन्सलाई कमजोर बनाउँदिन : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निजी क्षेत्रका कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । उनले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने बताए ।

नेपाल पर्यटन बोर्डले मंगलबार मन्त्री आलेको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेका दुईवटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

‘आफ्नो नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एयरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाइन्सको ग्राउण्ड ल्यान्डिङ चाहिं कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन,’ उनले भने, म यो विश्वास दिलाउन चाहन्छु । अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका दुईवटा जहाज पनि सञ्चालनमा ल्याउनेछौं । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।’ मन्त्री आलेले आईकाओको कालोसूचीबाट नेपाललाई हटाउन पहल गर्ने बताए ।

उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको दाबी गरे । कोभिडका कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...