यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पायो



हाम्रो इकोनोमि

 

 

नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको छ । एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘हामी अब अन्तर्राष्ट्रिय उडानमा पनि तयार छौं,’ उनले भने, ‘चार्टर्ड र ननसेड्यूल उडानमा अब यतिले सेवा दिने छ ।’ कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् । यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...