नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित



हाम्रो इकोनोमि

 

 

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाइ लिएर आन्दोलन गरिरहेका कर्मचारीहरुले आज सोमबारबाट आफ्ना सबै आन्दोलनहरु स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफल पछि उहाँहरुले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।
मन्त्री आले तथा नेपाल वायु सेवा निगमका कर्मचारीहरु बिच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्याहरु कानुन सम्बत तरिकाले समाधान गर्ने सहमती पश्चात आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाङीले बताउनुभयो । उहाँले भन्नुभयो, “महाप्रबन्धक र हामी कर्मचारी बिचको समस्या समाधान गरिने सहमती भएको छ, मन्त्री ज्यूले हामीलाई १५ दिनको समय दिनु भएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौ ।”
नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोप सहित कर्मचारीहरुले एक सय चार दिनदेखि आन्दोलन गर्दै आएका थिए । यसै क्रममा आन्दोलनरत कर्मचारीहरुका बिभिन्न संघ÷संगठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीका लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् । महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायु सेवा निगममा नपठाउन समेत कर्मचारीहरुको माग रहेको छ । कर्मचारीहरुले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नु हुँदै मन्त्री आलेले नेपाल वायु सेवा निगमको स्तरोन्नती तथा बृद्धि विकासका लागि आफु सदैब लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नेपालको एक मात्र ध्वजा बाहक विमानलाई माथी उकास्न तथा यसको बृद्धि विकासका लागि म सदैब सकारात्मक रहेको छु, आशाछ यसमा मलाई कर्मचारी साथीहरुले पनि साथ दिनु हुने छ ।”
साथै मन्त्री आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका बिसंगति तथा बेथितीलाई अन्त गरिने आश्वासन दिनु भएको थियो । मन्त्री आलेसँगको सहमति पश्चात कर्मचारीहरुले आफुले लगाएका तालाबन्दि पनि आजैदेखि खेलिएको जानकारी दिएका छन् ।–विमलबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...